प्रमिला बस्नेतको गीतमा करिस्मा र किरण रोमान्टिक मुडमा (भिडियाे )
शनिबार, २१ माघ २०७९,
कलीउड अपडेट.
क्यानडामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय गीतकार प्रमिला बस्नेतको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको नयाँ गीतमा समिक्षा अधिकारी तथा किरण भुजेलको आवाज रहेको छ । ।
अर्जुन पोखरेलको संगीतमा तयार भएको यस गीतमा किरण भुजेल र अहिलेकि चर्चित मोडल करिस्मा ढकालको अभिनय रहेको छ । सरोज प्याकुरेलको निर्देशन रहेको यस गीतलाइ प्रकाश खड्काले छायांकन गरेका छन् भने भिडियोका कोरियोग्राफर देवेन्द्र कुँवर हुन् ।
डान्सिङ फ्लेवरको गीतमा करिस्मा संग गायक किरणले पनि अभिनय संगै डान्स पनि गरेका छन् । अहिलेको समय अनुसारको गीत निर्माण गरिएको गीतकार बस्नेत बताउछिन् । भिडियोलाइ दिनसन शाहले सम्पादन गरेका छन् ।
भिडियो