Tuesday, May 30, 2023  |  मंगलवार, १६ जेष्ठ २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

कलाक्षेत्रमा समर्पित चोङवाङ ठूले | झापा देखि क्यानडा सम्मको यात्रा

बिहीवार, २६ माघ २०७९, कलीउड अपडेट.
बि स २०३१ भदौ १३ गते बुवा राम प्रसाद फागो चोङवाङ तथा आमा लालमाया इङ्नाम को कोख बाट झापाको गोलधापमा जन्मिएका राजेन्द्र चोङवाङ फागो अथवा चोङवाङ ठूले ,  सानै देखि गीत संगीत एव कला क्षेत्र प्रति रुचि राख्ने गर्थे । कला क्षेत्रमा  सिनेमा निर्माण , गायक , अभिनय मा सक्रिय चोङवाङ ठूले हाल क्यानडामा बस्दै आएका छन् । हाल झापाको बिर्तामोडमा घर रहेको छ । 
गोलधाप उच्च माबि बाट एसएलसि उर्तिण गरेका उनले मेचि क्याम्पस बाट बिए उर्तिण गरे भने बिराटनगर बाट एम ए सम्मको अध्ययन गरेका छन् । 
पारिवारीक माहोल नै कलामय भएको हुँदा उनी सानै देखि कला क्षेत्रमै रमाउन थालेका थिए । उनका बुवा ब्रिटिश आर्मि भएता पनि पछि सिनेमामा अभिनय समेत गर्नु भएको र केहि सिनेमा निर्माण समेत गर्नु भएको थियो । 
निर्देशक उदय सुब्बा बाट प्रभाबित भइ सिनेमा क्षेत्रमा प्रवेश गरेका चोङबाङ ठूलेले  तत्कालीन नेपालमा चलिरहेको द्धन्दले गर्दा नेपाली सिनेमा क्षेत्रमा भविष्य नदेखेर उनि बिदेश तर्फ लाग्न बाध्य भए । 
केहि समय बिदेश बसी स्वदेश फर्केर सिनेमा बनाउने उदेश्य राखेर बिदेश हिडेका उनले क्यानडामा नै बस्दै सिनेमा निर्माणमा अग्रसर बने । उनले लेखान्त , कानुन , मेरो प्यारो माइतीघर , क्रान्ती , रिफ्यूजी , मुरचुङ्गा आकाशे खेती संगसंगै बाच्न पाउँ जस्ता चलचित्रमा  निर्माताको रुपमा रहेका छन् । 
फिल्म निर्माता मात्र नभइ उनले हाल सम्म आधा दर्जन गीतमा श्वर दिइसकेका छन भन् केहि गीत आफ्नै शव्दमा रेकर्डसमेत गरीसकेका छन् । विल्सन बिक्रम राई संगको सहकार्यमा केहि भिडियो तथा सिरियलमा अभिनय समेत गरिसकेका छन् । 
हाल क्यानडामा बसे पनि चोङवाङ ठूले कला क्षेत्रमा सक्रिय रहदै आएका छन् ।  आफूले निर्माण गरेका फिल्म तथा अरुका फिल्म क्यानडामा  बिशेष गरि क्यालगरी एरियामा प्रर्दशन गर्ने , सास्कृतिक कार्यक्रम आयोजना गर्ने काममा अग्रसर रहदै आएका छन् । व्यावसायीक रुपमा भन्दा पनि सहयोगी भावनाले काम गर्दै आएका चोङवाङ ठूले समय समयमा नेपालमा रहेका बृद्धाश्रम तथा अनाथालयमा सहयोग पनि गर्दै आएका छन् । 
नेप्लीज कम्यूनिटि सोसाइटी अफ क्यालगरी एनसिएससी मा दुइ बर्ष कार्यकारी सदस्य रहेका उनि हाल उक्त सस्थाका आजिवन सदस्य हुन् । यस्तै किरात याक्थुङ चुम्लुङ क्यानडाको पूर्व अध्यक्ष समेत रहि सकेका छन् । चोङवाङ ठूले महागुरु फाल्गुनन्द इन्टरटेनमेन्ट को निर्देशक समेत हुन् । २०२२ मा अमेरीकाको कालोराडोमा आयोजित ग्लोबल नेपाली फिल्म अवार्डमा नेपाली सिनेमामा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो । 
बि स २०५७ सालमा सुमिता इधिङ्गो संग लगनगाँठो कसेका उनका एक छोरा सांयोग र एक छोरी हाङ्मा को साथमा क्यानडाको अलबर्टा क्यालगरीमा बस्दै आएका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू