Saturday, Apr 27, 2024  |  शनिबार, १५ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

सुदुर पश्चिमेली भाषा तथा सस्कृति जोगाउन अमेरीकामा गठन गरियो सुदुर पश्चिम समाज

मंगलवार, ९ जेष्ठ २०८०, कलीउड अपडेट.
अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको सहरमा बसोबास गर्दै आएका सुदुर पश्चिमेली परिवार आफ्नो मौलिक भाषा परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उदेस्यले सुदुर पश्चिम समाज लेक्जिन्टन केन्टुकी को स्थापना गरिएको थियो। करिब ९० परिवार भन्दा बढी बसोबास गर्ने यस क्षेत्रमा सुदुर पश्चिम क्षेत्रमा मौलिक संस्कृति चाड पर्वहरु गौरा,विसु,देउसी भैलो, होलि रमाइलोका साथ मनाउदै आएका छन्।
प्रत्येक २/२ बर्षमा नया कार्य समिति रहने ब्यबस्था अनुसार सुदूर पश्चिम समाज Lexington केन्टकीको दोस्रो साधारण सभा मिति २०२३ मे २० शनिबारका दिन सम्पन्न भएको छ। करिब १५० जनाको उपस्थितिमा आयोजित सुदुर पश्चिम समाज को दोस्रो साधारण सभाको अध्यक्षता सुदुर पश्चिम समाजका अध्यक्ष श्री उद्दव राज उप्रेती ले गर्नुभएको थियो। समाजका सचिब श्री मान बहादुर शाहले संचालन गर्नुभएको कार्यक्रममा प्रस्तुत गरेको "सुदूर पश्चिम समाज गठन, संचालन र संरक्षण कार्यविधि २०२३" लाई दोस्रो साधारण सभाले पास गरेको थियो।

उक्त सभामा उपस्थित सबैलाई स्वागत गर्दै समाजका उपाध्यक्ष श्री चुडामणि अवस्थीले स्वागत मन्तब्य राख्नु भएको थियो। औपचारिक रुपमा कार्यक्रमको उद्घाटन दियो बालेर समाजका उपस्थित मध्येका जेष्ट नागरिक श्री रामचन्द्र जोशीले गर्नु भएको थियो। सुदुर पश्चिम समाजका अध्यक्ष श्री उद्धव राज उप्रेतिले बिगतमा भएका गतिबिधिका साथै अघिल्लो २ वर्षको कार्य बिबंरण पेश गर्नु भएको थियो भने कोसाध्यक्ष्य श्री बिपिन पन्त समाजको आय व्यय तथा जिन्सी विवरण प्रस्तुत गर्नु भएको थियो। साधारण सभा भेलाले अर्को २ बर्षका लागि पुनः श्री उद्धव राज उप्रेतीलाई निर्बिरोध रुपमा समाजको अध्यक्ष पदमा चयन गर्यो। अध्यक्ष उप्रेतीको अध्यक्षतामा निम्नानुसारको कार्यसमिति तथा अन्य समितिको निर्माण भयो। जसमा अध्यक्ष - उद्दव राज उप्रेती उपाध्यक्ष - मानब शाह महिला उपाध्यक्ष- बसन्ती बिष्ट सचिव - सुरेन्द्र सिंह ऎर सह सचिव - निरज शर्मा कोषाध्यक्ष - सुजन सिंह ऎर सदस्य - नारायण भट्ट, जगत तिरुवा, लोकेन्द्र कुँवर, संजिव मार्कन्ड, शोभा बुढा, अशोक परियार र अर्चना शाही सलाहकार समिति संयोजक - चुडामणि अवस्थी सदस्य - रेखा जोशी र नरेन्द्र कलौनी युवा उपसमिति - संयोजक - प्रकाश थापा सदस्यहरु- प्रयाग बि क, निर्मल गिरि, इन्द्रदेव भट्ट, बसन्ती जोशी र दिपेश कठायत रहनु भएको छ।

सो सभाको अतिथिमा श्री रामचन्द्र जोशी, श्रीमती भागरथी पन्त, श्री डम्बर बहादुर खडका, श्री अमर महर, श्री केशब दत्त जोशी, श्रीमती ईश्वरी जोशी र श्रीमती गौरी देबी बिष्ट हुनुहुन्थ्यो। समाजले सुदूर पश्चिम समाजको दोस्रो साधारण सभाकोलागी सहयोग गर्ने श्री पारश खडका, श्री दिपेन्द्र कुँवर, श्री प्रकास पाण्डेय, श्री जनक जोशी, श्री नरेन्द्र पन्त, श्री धवल सिंह ठगुन्ना, श्री दिवाकर भट्ट, श्री चुडामणि अवस्थी, श्री जनकराज उपाध्याय, श्री दिर्घ जोशी , श्री रमेश पाण्डे तथा श्री उमेश भट्ट लगायत महानुभावहरुलाई सम्मान गरेको थियो।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू