Friday, May 03, 2024  |  शुक्रबार, २१ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

प्रभु श्रेष्ठ : सिंगापुर लाहुरे देखि नेपाली सिनेमा सम्मको यात्रा

शनिबार, २० जेष्ठ २०८०, कलीउड अपडेट.
प्रभु श्रेष्ठ नेपाली सिनेमाका एक कलाकार, सिंगापुर पुलिस र एक कुशल कराते खेलाडि हुन् । जस्को जन्म ३०३४ साल पुस १६ गते भोजपुरको छिनामाखु मा भएको थियो । अग्ला कद , राम्रो लुक्स भएका श्रेष्ठलाइ साथिहरुले हिरो भनेर स्कुल जिवनमा नै जिस्काउने गर्थे , त्यहि बेला  देखि आफू पनि हिरो हुन्छु भनेर कल्पना गर्थे , कलेज जिवनमा पुग्दा उनि एक कुशल कराते खेलाडि समेत बनि सकेका थिए । उनले धरानको महेन्द्र बहुमुखि क्याम्पसमा व्याच्लर सम्मको अध्ययन पुरा गरेका छन् । 
लाहुरे पविारमा जन्मिएका श्रेष्ठ भित्री मनमा कलाकारीता भए पनि अन्तत सिंगापुर लाहुरे हुन पुगे । पारिवारीक दायित्व र कर्तव्यले गर्दा उनले कलाकारीतालाइ भने जस्तो समय दिन सकेनन् । 
२०५२ सालमा झापामा छायांकन भइरहेको सिनेमा आफ्नो बिरानोमा फाइट  डाइरेक्टरले फाइटर एन बि महर्जनले उनलाइ पहिलो पटक सिनेमामा डेब्यू गराएका थिए । 
फाइट डाइरेक्टर महर्जनले सिकाए भन्दा पनि राम्रो गरे पछि उनि निर्देशकको नजरमा पर्न सफल भए । फिल्ममा सम्भावना छ भनेर निर्देशकले भने पछि उनि फिल्म क्षेत्रमै लाग्ने अठोट गरे तर एक फिल्ममा हिरो भए बापत पैसा मागियो अनि उनि पैसा कमाउनु पर्छ भनेर सिंगापुर पुलिसमा भर्ति भए । 

लाहुरे बने पछि बेलाबेलामा नेपाल फर्कदा उनले केहि सिनेमामा फाइटरको रुपमा अभिनय पनि गरे । भित्री इच्छा नायक हुने भए पनि छोटो समय नेपाल आउदा पनि केहि सिनेमामा केहि सिनहरुमा काम गर्न भ्याइ हाल्थे । उनले यस्तै हुन्छ पिरती , म बिर्सु कसरी , संगम जस्ता सिनेमामा सानो रोल गरेर फर्किएका थिए । यस्तै फिल्ममा नायक बन्ने धुनमा  श्रेष्ठ र अरु केहि साथिहरु मिलेर आफ्नै कथामा चलचित्र पार्सल निर्माण गरे जहाँ उनले मुख्य भुमिका निर्वाह गरेका थिए । चलचित्रको नायकको रुपमा उनले यसै चलचित्र बाट डेब्यू गरेका थिए । यसै चलचित्र बाट उनले २०७४ सालमा डिसिने अवार्ड बाट डेब्यू नायकको रुपमा अवार्ड समेत हात पारेका थिए भने छायाँछबि अनर अवार्डमा उनले पार्सल बाट उत्कृष्ट नायकको रुपमा अवार्ड पाएका थिए ।   पार्सल व्यावसायीक रुपमा सफल नभए पनि उनले गरेको अभिनयले भने प्रसंसा बटुलेको थियो । 

बहुप्रतिभाशालि व्यक्तित्व प्रभु श्रेष्ठ अभिनय संगै गीत गायन , गीत लेखन र संगीतकार समेत हुन् । श्रेष्ठले एक दर्जन भन्दा बढि गीतहरु बजारमा ल्याइसकेका छन्  । 
अभिनय , सिंगापुर पुलिसको जागिर र करातेलाइ संगसंगै लिएर हिडेका श्रेष्ठले कराते खेल्न जापान , फिलिपिन्स , सिंगापुर लगायतका देशहरु पुगेर पदक पनि जितिसकेका छन् । 
सिंगापुर पुलिसमा चिफ इस्पेक्टर बाट रिटायर्ड भएका श्रेष्ठ अब स्वतन्त्र रुपमा आफू भित्रको कलाकारीतालाइ प्रष्फूटन गर्ने सोचमा छन् । उमेरले ४ दशक कटे पछि नेपाली सिनेमालाइ केहि न केहि योगदान दिने सोच राखेका उनले हालसालै चलचित्र कालो सुन निर्माण गर्ने घोषणा गरेका छन् । कालो सुन नामक चलचित्र बाट उनले नेपाली सिनेमामा नयाँ अध्यायको सुरुवात गर्ने भएका छन् । 
फिल्म निर्माण निर्देशन गर्ने सोच राखेर अगाडि बढिरहदा सिकेर पढेर मात्र यस क्षेत्रमा पूर्णकालिन समय दिनु पर्छ भन्ने सोच राखेर हाल श्रेष्ठ विश्वकै चर्चित फिल्म स्कुल न्यूयोर्क फिल्म एकेडेमिमा फिल्म मेकिङ र निर्देशनको कोर्स गरिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू