Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

Rap Star को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने

सोमबार, २९ जेष्ठ २०८०, कलीउड अपडेट.
Rap गीतमा आधारित रियालिटी सो ‘ Rap Star को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो । 
हिपहप र ‘र्याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको निर्देशक आदित्यविक्रम अछामीले बताउनुभयो । ‘हामीले हिपहप र ‘Rap गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शो को आयोजना गरेका छौं । पहिलो शो बाटै हामी धेरै उत्साहित भएका छौं’, निर्देशक अछामीले भन्नुभयो । 
अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुग्नुभएको छ । उहाँहरूमध्ये असार–२ गते हुने अन्तिम प्रतिस्पर्धामा एकजना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराउनुभयो । 
यो प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकाले आयोजक टोली उत्साहित हुँदै यस कार्यक्रमको सिजन–२ छिट्टै आउने ग्रीन मन्की फिल्मस् प्रा.लि.का सिइओ सुरेश कुसवारले बताउनुभयो दिनुभयो । यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ–नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका कृएटिभ हेड अबिरल विष्टको भनाइ थियो । कार्यक्रमका अर्का निर्माता विनोद पोख्रेलका अनुसार यो प्रतियोगितमा भोटिङको आधारमा विजेता घोषणा गरिने छ ।
प्रतियोगितको भोटिङ पार्टनरमा ओएसआर डिजिटल, टिकट पाटनरमा माइपे र फोटोग्राफी पाटनरमा फोटो फेशन स्टुडियो रहेका छन् । करिब चार महिना चलेको यो कार्यक्रमलाई बिबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ । 
यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ । प्रतियोगितको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहनुभएको छ ।




यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू