Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

कबिता : म बेचिएको नेपाली होइन

बुद्धबार, ३१ जेष्ठ २०८०, कलीउड अपडेट.
भुटान बाट नेपाल अनि तेश्रो देश स्थानान्तरण हुदै अमेरीका बस्दै आउनु भएका साहित्यकार धर्मेन्द्र तिम्सिना "क्षितिज" ले समसामहिक बिषयमा लेखिएको कबिता म बेचिएको नेपाली होइन सार्वजनिक गरेका छन् । साहित्यकार तिम्सिना ले यस अघि ५ वटा कबिता संग्रह , रुवाइसंग्रह हरु प्रकाशन गरिसकेका छन् । 

अस्तित्व के का लागी ?
पहिचान के का लागी ?
प्रश्नहरु आइरहे
उत्तर दिइरहें मैले पनि
उसको उत्तर
मेरो उत्तर
उनिहरुको उत्तर
तिनीहरुको उत्तर
फरक थिए सायद !
र त उत्तर भेटिएन
खोजी भैरहेको छ एउटा उत्तरको
एउटा सठिक जवाफको
तिमीले भन्यौ
अनि भनिरह्यौ
एक्लै भन्यौ
भनेपछी झन एक्लो भयौ
मबाट
उबाट
अनि सबैबाट
किन भन्यौ !
किन एक्लो भयौ
सायद ! तिमी एक्लै हुन मन पराउँछौ
समाजबाट टाढा
अस्तित्वविहिन हुन चाहन्छौ
साँच्चै तिमी सही
अनि सबै गलत हुन् त
तिमीले तिमी एक्लैलाइ प्रतिनिधित्व गर्यौ
या त सबैलाइ !
सबैले साथ छोडेपछी एक्लैलाइ नै गर्यौ
अब के गर्छौ
सायद एक्लै भएर बाँच्छौ होला
एक्लै भएर जिउँछौ होला
अब छोडिदेउ भन्न
अब छोडिदेउ एक्लै हुन
तिमीले बेचिएको भन्दा म बेचिएको हुन्न
कस्ले बेच्यो
मैले आफैंलाइ बेचेको होइन
मैले आफैंलाइ बेची मागेको पनि होइन
मेरो अस्तित्व अझै डग्मगाएको छैन
मेरो पहिचान अझै ओझेल परेको छैन
तिमीले आफैंलाइ बेचेको हौ भने
तिमीले आफैंलाइ बेचि मागेको हो भने
आफैंलाइ मात्र भन
आफैंलाइ मात्र, म बेचिएको हुँ भन
हामी बेचिएका हौं नभन
तिमी अस्तित्व बेचेर
पशु बन्ने भए बन
तर म पशु हुन सक्दिन
अस्तित्वविहिन हुन सक्दिन
त्यसैले म बेचिएको नेपाली होइन
म बेचिएको नेपाली होइन

धर्मेन्द्र तिम्सिना "क्षितिज"
अमेरिका

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू