Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

सकुन्तला निर्देशक दिनेश श्रेष्ठका दुइ सिनेमा आउदै

बिहीवार, ३२ जेष्ठ २०८०, कलीउड अपडेट.
Dinesh Shrestha दिनेश श्रेष्ठ नेपाली सिनेमाका एक चिरपरिचित निर्देशक हुन् । दुइ दशक देखि दुइ दशक देखि मिडिया देखि सिने क्षेत्रमा सक्रिय निर्देशक श्रेष्ठले हाल सम्म ३ वटा फिचर फिल्म निर्देशन गरिसकेका छन् । छायांकार को रुपमा सिने क्षेत्रमा प्रवेश गरेका निर्देशक श्रेष्ठले ५ वटा सिनेमा छायांकारको रुपमा काम गरिसकेका छन् । त्यो भन्दा अगाडि नै बिभिन्न टेलिभिजनमा उनि क्यामेरा पर्सनको रुपमा कार्यरत थिए । २००५ बाट नै सिनेमा क्षेत्रमा छायांकार भइ काम सुरु गरेका श्रेष्ठले त्यस पछि कामचोर , सकुन्तला र चि मुसि चि चलचित्र निर्देशन गरेका हुन् । 
हरेक चलचित्रमा केहि फरक गर्ने सोच राख्ने निर्देशक श्रेष्ठले जब सकुन्ता चलचित्रमा महानायक राजेश हमाललाइ महिलाको भुमिकामा प्रस्तुत गरे त्यस पछि निर्देशनको हिसावमा चर्चाको शिखरमा पुगेका थिए । राजेश हमालले महिला क्यारेक्टरको रुपमा काम गरेको त्यहि नै पहिलो फिल्म थियो । 

सकुन्तला पछि सस्पेन्स थ्रिलर जनरामा फिल्म चि मुसी चि निर्देशन गरेका निर्देशक श्रेष्ठले उक्त फिल्म बाट राम्रो प्रतिकृया पाएका थिए । 
क्यामेरा पर्सन हुदै निर्देशक बनेका निर्देशक श्रेष्ठ बहुप्रतिभाशाली व्यक्ति हुन् । उनि छायांकार त हुन नै साथसाथै उत्कृष्ट स्कृप्ट राइटर समेत हुन् । आफ्नै कथामा निर्माण हुन लागेका ३ वटा सिनेमा अहिले उनको पाइपलाइनमा छन् । 
चाडै नै निर्देशक श्रेष्ठ मल्टिस्टारर लभ स्टोरी फिल्म लिएर आउने तयारीमा जुटेका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू