यूएइमा बसेर मोडलिङमा सक्रिय निशान , 'मेरो हजुर' सार्वजनिक
शुक्रबार, २२ आषाढ २०८०,
कलीउड अपडेट.
युएइमा बस्दै आएका मोडल निशान थापा म्यूजिक भिडियो मोडलिङमा सक्रिय रहदै आएका छन् । नेपाल आएको समयमा होस् या यूएईमै उनि बेला बेला म्यूजिक भिडियोमा देखा परिरहेका हुन्छन् ।
कलाक्षेत्रमा सानै देखि रुचि भएका थापाको नयाँ म्यूजिक भिडियो मेरो हजुर सार्वजनिक भएको छ । गीतकार प्रमिला बस्नेतको शव्द , चर्चित गायीका रचना रिमालको आवाज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतका संगीतकार बिकाश चौधरी हुन् ।
दयाराम घिमिरेको निर्देशन रहेको यो म्यूजिक भिडियो यूएइ देखि नेपाल सम्मको छायांकन गरिएको छ । गीतमा थापालाइ निशा पाख्रिन तामाङ र बालकलाकार हार्दिकता घिमिरेले साथ दिएका छन् ।
बालबच्चा , बृद्ध आमाबुवा र श्रीमतीलाइ छोडि परदेशिएका युवाको कथालाइ मर्मस्पर्सी ढंगले गीतमा प्रस्तुत गरिएको छ ।