Wednesday, May 14, 2025  |  बुद्धबार, १ जेष्ठ २०८२   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

कविता: आफै संग हराएको मान्छे

आईतवार, ७ श्रावन २०८०, कलीउड अपडेट.


म आफै भित्र
निरन्तर आफैंलाई खोजी रहेछु
कहिले सिद्धान्त
कयौ आदर्श
अनि प्रतिपादित
ती जीवनका अनेकौ
लक्ष्यहरूमा हराई रहेछु
लाग्छ आजकल
म आफै संग हराई रहेछु
हिजो देखेका सपना
आजको विपना
भोलिका चाहनाहरूमा
मलाई म भएर खोजी रहे
खोजिरहेछु, अनि खोजी रहने छु
यद्यपि..
मलाई अथाह विश्वास छ
सपना कहिल्यै पनि
विपनामा परिणत भएर
भोलिका चाहना पूरा गर्ने छैन
आखिर यहाँ आएको त रित्तो नै हो
जानुपर्छ केवल रित्तो
मेरो घर
आफन्तहरू
अनि धन दौलत त
म हराई रहने
एउटा घनघोर जंगल न हो
जहाँ म आफूलाई
कहिल्यै नभेट्ने गरी खोजी रहेछु
यता सपनाका छालहरूले
जीवनको सफरलाई
किनारमा धकेलि रहेछ
चाहनाका लहरले
महत्वकाङ्क्षी बनाई रहेछ
आदर्शहरू शिथिल बन्दै
म भित्रका सिद्धान्त डगमगाइ रहेछ
घाम पानीबाट ओत लाग्ने
त्यो मेरो घर पनि अर्काको रहेछ
बगैँचाका सुन्दर फूल
आफ्नै स्वाभिमान खोज्न तल्लीन
म भित्रको अहङ्कारले
मानव वस्ती भन्दा धेरै टाढा पुर्याएको छ
जहाँ म आफ्नै घर खोज्न सक्दिन
जिन्दगीको सफरमा
गन्तव्य बिर्सेको
आदर्श हराएको
स्वाभिमान बेचिएको
अनि आफैंलाई खोज्दा खोज्दै
आफै संग हराएको मान्छे ।
हरि उप्रेती USA 07/22/23
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू