सँगैका साथीले छोडे
सहयात्रीले बाटो मोडे
समयले हरेक पल छोडिरह्यो
तर खुट्टाको पुरानो चप्पलले पर्खिरहेछ
आफ्नो ठूलो इमान्दारीका साथ मलाई
साबुनपानीले पाउ धुन सजिलो
प्रत्येक पाइलामा नरम हुन सजिलो
सायद सादा जीवन उच्च विचार
चप्पल लाउनेले नै लेखेको हुनुपर्छ
तिनकै आँखाले सबैमा सरल देखेको हुनुपर्छ
चप्पललाई साथी मान्नुपर्छ
आफैँ राम्रो हिँड्न जान्नुपर्छ
यही कुरालाई आत्मसात् गर्दा
जीवन न हिलो न त धूलो
मेरा लागि हात्तीछाप चप्पल नै ठूलो
Writer : Lucky Rashi
USA