Friday, May 03, 2024  |  शुक्रबार, २१ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘दुई कदम’को ट्रेलर सार्वजनिक

आईतवार, २४ मंसिर २०८०, कलीउड अपडेट.
यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ  ।  उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ ।

फिल्मको सार्वजनिक ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकका दृश्यले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।  फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ ।

फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको  फिल्ममा तारा देवी लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको  फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।

फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।  फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू