Friday, May 03, 2024  |  शुक्रबार, २१ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

उत्कृष्ट नृत्य निर्देशकको अवार्ड सुनिल गिरी लाई

शनिबार, ७ पौष २०८०, कलीउड अपडेट.
‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ समापन भएको छ । उक्त अवार्ड समारोहमा नृत्य निर्देशक सुनिल गिरीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चुम्नु भएको छ । उहाँले काठमाडौंमा सम्पन्न भएको सो समारोहमा उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । दर्जनौं भिडियो निर्देशन र ‘घातक मान्छे’, ‘बनबास’, ‘अन्त्य, ‘ज्यानमारा’, ‘प्रतिघात’ जस्ता आधा दर्जनजति चलचित्रमा गिरीले नृत्य निर्देशन गर्नुभएको छ ।

नेपालकै पहिलो नृत्य निर्देशक एवं नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा र एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्रिय नाँचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न २४ नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रमको मनोनितका लागि निर्णयक समूहमा नृत्य निर्देशकहरू शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहनुभएको थियो भने अन्तिम फाईनलका लागि निर्णयकहरूमा वरिष्ठ नृत्य निर्देशकहरू भुवनदास श्रेष्ठ, कमल राई, डा.आर.सी.कोइराला, रोचक थापा, जोगेन्द्र केसी र प्रदीपरमण सिंह डंगोल रहनुभएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू