Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

नेपाली साहित्यको क्षेत्रमा पहिलो पटक एप्स सार्वजनिक

शनिबार, ८ बैशाख २०८१, कलीउड अपडेट.
नेपाली भाषा , साहित्य तथा कलाको क्षेत्रमै पहिलो पटक नेपाली साहित्य नामको मोबाइल एप्स सार्वजनिक भएको छ । अमेरीकामा रहेको जिविएलओ संस्थाले नेपाली भाषा र साहित्यको प्रर्वद्धनगर्ने उदेश्यका साथ राजधानी काठमाण्डौमा एक कार्यक्रम आयोजना गर्दै यो एप्स सार्वजनिक गरिएको हो । 
जिविएलओको अध्यक्ष कर्ण गुरुङको सभापतित्व  तथा बरिष्ठ साहित्यकार विप्लब प्रतिकको मुख्य आतिथ्यतामा आयोजीत उक्त कार्यक्रममा सिइओ क्लव ग्लोबलका सिइओ डा शम्भु पोखरेल , डा सुनिल पोखरेल , अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी लगायतका बिशिष्ठ व्यक्तित्वको उपस्थिति रहेको थियो । 

नेपाली साहित्यको क्षेत्रमा पहिलो पटक एप्सको मार्फत साहित्यिक कृतिहरु पढ्न , सुन्न र हेर्न मिल्ने भएको हुँदा साहित्यीक क्षेत्रमा पनि डिजिटलाइज्ड भएकोमा खुसि मिलेको प्रमुख अतिथि विप्लब प्रतिकले बताएका थिए भने अन्य विशिष्ट आगन्तुकले पनि यस प्रकारको एप्स तथा वेवसाइट लन्च भएकोमा मुक्तकण्डले प्रसंसा गरेका थिए । 
उपस्थित पाहुनालाइ स्वागत गर्दै नेपाली साहित्य एप्स तथा वेवसाइटका संयोजक अर्जुन उप्रेतीले एप्सका फिचर तथा एप्सलाइ कसरी सजिलै चलाउन सकिन्छ भन्ने बिषयमा डेमो प्रस्तुत गरेका थिए । दयाराम घिमिरेले सन्चालन गरेको उक्त कार्यक्रममा बोल्दै जिविएलओका अध्यक्ष कर्ण गुरुङले नेपाली साहित्य प्रतिको मोहकै कारण यस प्रकारको एप्स सन्चालनमा ल्याएको बताएका थिए । नेपाली साहित्य एप्सले साहित्यिक कृति सर्जकलाइ आफ्ना कृतिको बजारीकरणलाइ अब सहज हुने दाबि गरेका छन् । नेपाली साहित्य एप्स एन्ड्रोइड र आइओएस दुवैमा उपलव्ध छ  । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू