Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​चलचित्र फिरफिरे फिरिरीको शुभ मुहुर्त सम्पन्न

सोमबार, १० बैशाख २०८१, कलीउड अपडेट.
विन्द्यवासिनी क्रियसनको व्यानरमा मनोज कुमार अधिकारीको प्रस्तुति रहेको चलचित्र फिरफिरे फिरिरीको आइतबार शुभ मुहुर्त सम्पन्न भएको छ । यहि जेष्ठको पहिलो साता भित्र छायाँकन सम्पन्न गरी आउँदो दशैँमा विश्वव्यापि रुपमा दर्शक माझ आउने जानकारी निर्माण पक्षले जानकारी दिएको छ  । आफै कलाकार तथा निर्माता रहेका मनोज कुमार अधिकारीले यस अघि नौ डाँडापारी, मंगलशुत्र जस्ता चर्चित चलचित्र दिइसकेका छन ।
“जुलेवी” जस्ता चलचित्र निर्माण गरीसकेका नविन भट्ट यस चलचित्र “फिरफिरे फिरिरी” मार्फत निर्देशनमा डेव्यु गर्ने भएका छन । सोसल हरर कमेडि जनरामा बन्न लागेको यस चलचित्रका लेखक सन्दिप श्रेष्ठ तथा नविन भट्ट रहेका छन ।
चलचित्रमा मुख्य कलाकारहरु शंकर सेढाई, भावना उप्रेति, रविना केसी, पिटर प्रिन्स, सन्दिप श्रेष्ठ तथा मनोज कुमार अधिकारी रहेका छन । 
यस चलचित्रको छायाँकारमा जितु तामाङ्ग रहेका छन । कार्यकारी निर्माताको रुपमा पिटर प्रिन्स छन भने प्रोडक्सन हेड विनेश थापा हुन । पोस्ट प्रोडक्सनमा अनन्त घिमिरे रहेका छन भने चलचित्रमा संगित प्रशान्त सिवाकोटिको रहने छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू