Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

म्यूजिक भिडियो निर्देशक समाजको चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न , अक्षयकोषको सुभारम्भ

आईतवार, १३ जेष्ठ २०८१, कलीउड अपडेट.
नेपाल म्यूजिक भिडियो निर्देशकले शनिबार राजधानिमा चियापान तथा अन्तकृया कार्यक्रम सम्पन्न गरेको छ । अनामनगरको सिलौटो कटेजमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।  सो अवसरमा कार्यसमिति बाट मनोनयन सल्लाहकार टिम र सस्थाको संरक्षकको बारे जानकारी दिदै प्रमाणपत्र प्रदान गरिएको छ । म्यूजिक भिडियो निर्देशक सुब्रत राज आचार्य र दिपक राज आचार्य साथै संगीत रोयल्टी समाजका उपाध्यक्ष चन्द्र शर्मा लाइ सल्लाहकार टिममा मनोनयन गरिएको छ भने संरक्षकमा चलचित्र बिकाश बोर्ड अध्यक्ष भुवन केसि र निर्देशक कलाकार दिपाश्री निरौला लाइ मनोनयन गरिएको छ । यस्तै प्रेस सल्लाहकार मा डब्बु क्षेत्री , कानुनी सल्लाहकारमा अधिवक्ता तारा कुमार श्रेष्ठ र कार्यक्रम सल्लाहकारमा राजेन्द्र पुरीलाइ मनोनयन गरि प्रमाणपत्र प्रदान गरीएको छ । 

दोश्रो चरणमा म्यूजिक भिडियो क्षेत्रको संबृद्धिको लागि निर्देशकको भुमिका बारे अन्तरक्रिया कार्यक्रम सन्चालन गरिएको थियो । सस्थाका महासचिब दयाराम घिमिरे सहजकर्ता रहेको उक्त कार्यक्रममा निर्देशकद्वय सुब्रत राज आचार्य र समन अधिकारी , नृत्य निर्देशक संघका अध्यक्ष भुवन दास श्रेष्ठ ,  संगीत रोयल्टी समाजका उपाध्यक्ष चन्द्र शर्मा र अधिवक्ता तारा कुमार श्रेष्ठ वक्ताको रुपमा रहेका थिए । 
कार्यक्रमलाइ सम्बोधन गर्दैै सस्थाकि अध्यक्ष बबिता श्रेष्ठ मलेकुले अक्षय कोष सन्चालनको घोषणा गरेकि थिइन । सस्थाका प्रथम उपाध्यक्ष डिआर सुजनको अध्यक्षतामा उक्त अक्षय कोष सन्चालन हुनेछ भने उक्त अक्षय कोषमा प्रथम उपाध्यक्ष डिआर सुजनले रु ५५५५ सहयोग गरि सुरुवात समेत गरिएको छ । 
कार्यक्रममा आफ्ना भनाइ राख्दै नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठले म्यूजिक भिडियो निर्देशक समाजले म्यूजिक भिडियो निर्देशकहरुको हकहितको लागी देखाएको सक्रियताको मुक्त कण्ठले प्रसंसा समेत गरेका छन् भने निर्देशक निर्माता एवं कलाकार इन्द्र दोङ लामा खम्बेले आफ्नो गाउँले परिवेशको सुटिङ स्टुडियो धर्मस्थलि बाट आएको रकम बाट सस्थालाइ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा सस्थालाइ प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने बिभिन्न व्यक्तित्वलाइ कदर पत्र समेत प्रदान गरीएको थियो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू