Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

सबैका प्यारा नायक : श्री कृष्ण श्रेष्ठ

मंगलवार, ७ बैशाख २०७८, कलीउड अपडेट.
डान्स र अभिनय को कारण सर्वाधिक रुचाइएका नायक थिए श्रीकृष्ण श्रेष्ठ । श्री कृष्ण श्रेष्ठको जन्म २०२४ साल पुस १४ गते काठमाण्डौको बागबजारमा भएको थियो । उनका पिताको नाम हो राधाकृष्ण श्रेष्ठ र माताको नाम हो जगत कुमारी श्रेष्ठ । उनि घरका कान्छा छोरा हुन् । स्कुल पढ्दा देखि नै उनलाइ फिल्मको नायक हुने रहर जाग्न थाल्यो , त्यहि रहर ले नै उनी डान्स क्लास सम्म पुगे , मार्सल आर्ट सिक्न थाले । सिनेमामा जसरी पनि नायक हुन्छु भनेर सपना बोकेका श्री लाइ पहिलो पटक चलचित्र भुमरीमा ब्रेक दिइयो । सहायक नायकको रुपमा उनले उक्त चलचित्रमा काम गरे पछि अर्को सिनेमा कसममा पनि उनले काम गरे । कसममा महानायक राजेश हमाल संग काम गरे श्रीले । 
त्यस पछि श्री लाइ एक फिलम बाट खलनायकको अफर आयो उनले त्यो भुमिका पनि राम्रो संग निर्बाह गरे , फिल्म थियो पुकार । पुराना अभिनेता विश्व बस्नेतले २०५१ साल तिर चलचित्र नातामा नायकको रुपमा ब्रेक दिए । नाता सुपरडुपर हिट साबित भयो । 
नाता पछि त श्री कृष्ण श्रेष्ठको फिल्मी यात्रा द्रुत गतिमा दौडियो । कुशल नृत्यकार , अभिनयमा पोख्त तथा फाइट पनि गज्वव भएको कारण फिल्म क्षेत्रमा श्री को लोकप्रियता बढ्दै गयो । 
धर्ति , प्रेमयुद्ध , आफन्त , आफ्नो मान्छे , अजम्बरी नाता , गरिब , हामि तिन भाइ , गोठालो , सुखदुख , ए मेरो हजुर , पाहुना , कहाँ भेटिएला जस्ता सयौ चलचित्रमा उनको अभिनय रहेको छ । उनका अधिकांश सिनेमा सफल  रहेका छन् । २०६४ सालमा श्री ले आफ्नै प्रोडक्सनमा चलचित्र कहाँ भेटिएला निर्माण गरे । उक्त फिल्म बाट डेव्यू गरेकि थिइन् नायीका स्वेता खड्काले । स्वेता र श्री को सम्बन्ध बिस्तारै बिजनेश पार्टनर हुदै लाइफ पार्टनर सम्म पुग्यो । 
श्रीले चलचित्र कोहिनुर बनाए , यस चलचित्र रिलिज पूर्व नै श्री र स्वेता ले २०७१ साल असार २३ गते धुमधामका साथ बिबाह गरे  । बिबाह पछि हनिमुन मनाउन गएका श्री लाइ निमोनिया भयो र भारतको दिल्लीमा गंगाराम अस्पतालमा उनको उपचार भइरहेको थियो । त्यहि समयमा थाहा भयो कि श्रीलाइ हड्डीको क्यान्सर पनि भएको रहेछ । यता नेपालमा उनको फिल्म कोहिनुर प्रर्दशन को संघारमा रहेको थियो । श्रावण २३ गते उनको फिल्म कोहिनुर रिलिज थियो तर श्री नेपाल आउन सकेनन् । उनले आफ्ना दर्शकलाइ अडियो सन्देश पठाएर भने म संगै बसेर फिल्म हेर्न आइपुग्ने छु । यता फिल्प प्रर्दशन भयो भने फिल्म प्रर्दशन भएको २ दिन पछि यो संसार बाट बिदा भए । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू