Saturday, Apr 27, 2024  |  शनिबार, १५ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

पद्मजा कार्किको डेव्यू गीत सुन हैन सार्वजनिक

शुक्रबार, १० बैशाख २०७८, कलीउड अपडेट.
गत बर्षको लकडाउनको समयमा पनि बालबालिकाहरुलाइ गायन तथा नृत्यमा सक्रिय राख्नु पर्छ भन्ने उदेश्यले सन्चालीत अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ’सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द रहेको उक्त गीतमा धर्मेन्द्र सेवानले नै संगीत भरेका छन भने गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन् । उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र उनको टिमले गरेका हुन ।

ड्रीम सर्च एजेन्सीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको ’सुन हैन’ बोलको उक्त गीतमा पद्मजा कार्किको आवाज रहेको छ । बुढानिलकण्ठ स्कुल बाट ए लेभल उर्तिण उनि २०७४ को एसइइ मा छात्रा तर्फ पनि टप भएकि थिइन् । गीत गायनमा स्कुल स्तरिय बिभिन्न प्रतियोगीतमा उनि धेरै पटक बिजेता भएकि थिइन् ।

सानै देखि गीत गाउन रुचि राख्ने पद्मजालाइ यस गीत गायनमा अन्य प्रतिस्पर्धिले साथ दिएका छन् । यस्तै सार्वजनिक भिडियोमा ’अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का डान्स तर्फका विजयी प्रतिस्पर्धीहरुलाई फिचरिङ गरिएको छ । मिरा साउन्ड स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतकोे म्युजिक भिडियोलाइ ड्रीम सर्च एजेन्सीको फाउन्डर तथा निर्देशक कमल निकोन क्षेत्रीले निर्माण गरेका हुन् भिडियोमा मेकअप आर्टिष्टको रुपमा शैलाजा शाह छिन् भने प्रोडक्सन डिजाइन आशिश नापित हुन् । भिडियोलाइ राधाश्याम दुलालले निर्देशन गरेका हुन् । ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू