१२ वैशाख २०७२ को भूकम्पबाट पुरानो धरहरा ध्वस्त भयो । तर ६ बर्ष पछि धरहरा पुन उठेको छ । नयाँ धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उदघाटन हुँदैछ । भुकम्पले भत्काएको धरहराको संरचनाको पुननिर्माण सम्पन्न भएपनि बाँकी संरचनाहरुको पुननिर्माण कार्य बाँकी छ ।
‘२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरा २०७८ वैशाख ११ गते फेरि उद्घाटन हुदैछ , ‘शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भएकाले वैशाख ११ लाई उद्घाटनको दिन ताेकिएकाे हाे ।’
धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् ।