नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमणमुक्त भएका छन् । अहिले मुलुकभर ४७७ जना आइसीयु र १३१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।