Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

प्रेमध्वज प्रधान:नेपाली सांगीतिक क्षेत्रका 'गोल्डेन भ्वाइस'

शनिबार, २५ बैशाख २०७८, कलीउड अपडेट.
घुम्तीमा नआउ है , आँखा तिमि जुधाउन आँखा तिमि जुधाउन बाधिए माया प्रिती गाह्रो हुन्छ फूकाउन 
यति मिठो गीतका गायक प्रेमध्वज प्रधान कहिले नउदाउने गरि अस्ताए । बि स २०७८ साल बैसाख २३ गते नेपाली सांगीतिक क्षेत्रको इतिहास एवं दरिलो खम्बा ढल्यो । 
वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे । उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावले विस्तारै उनी पनि सङ्गीतप्रति रूची राख्न थाले
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान बहुमुखी प्रतिभाका धनी थिए । उनी गायन र संगीत दुवैमा पोख्त थिए । वाद्य वाधनमा उनको विशिष्ट क्षमता थियो । नेपालको आधुनिक संगितमा प्रधानको परिचय पहिलो गीतारवादकका रुपमा पनि छ । उनी गीतार बजाएर गीत गाउने पहिलो नेपाली हुन् । 
प्रेमध्वज प्रधानको बाल्यकाल संघर्षमै बित्यो , प्रेमध्वज प्रधानका बुबाले लभम्यारिज गरेका थिए । त्यो पनि अन्र्तजातिय । उहाँकी आमा तुलाधर र बुबा प्रधान । जात नमिलेको कारण केहि समय पछि उहाँको बुबालाइ अर्को बिबाह गराइयो र पछि ८ बर्षको भए पछि बुबा आमाको डिभोर्स भयो । त्यस बेला बुवाको न्यूरोडमा कपडा पसल थियो भने आमा सानो कोठा डेरा लिएर बस्ने गर्नु हुन्थ्यो । राजा त्रिभुवनको समयमा दरबारमा गीत गायन र नृत्यको लागी केटिहरु राख्ने गरिन्थ्यो , उनकी आमा सानैमा दरबारमा गीत गाउन को लागी लगीएको थियो त्यहा उस्ताद बाट गीत सिकाइन्थ्यो । आमाको गायन क्षेत्रका बिशिष्ट व्यक्तिहरु संग  पछि सम्म पनि भेटघाट भइरहन्थ्यो । त्यहि गायन माहोलमा उनको बाल्यकाल बित्यो । त्यस बेला प्रधानको भेट किरण खरेल , नारायण गोपाल लगायतका हस्तिहरु संग भइरहन्थ्यो । 
आमा नै उनको संगीतको पहिलो गुरु हुन् , आमाको स्नेह संगै संगीतको ज्ञानले उनमा संगीतको ज्ञान बढ्दै गयो । त्यससमय नायीका भुवन चन्दका पिता उस्ताद भैरव बहादुर थापा उनको घरमा आइरहनु हुन्थ्यो , घरमा संगीतको माहोल बन्थ्यो त्यहि माहोल बाट ज्यादै प्रभाबित भएका थिए । बिस्तारै उनले गणेशलाल श्रेष्ठ संग संगीत सिक्न थाले , संगीत संगै बिभिन्न बाधबादन समेत बजाउन उनले सिके । 
८ बर्षको उमेरमा प्रेमध्वज प्रधानले क ख लेख्न सुरु गरेका थिए , बिहान आमा संग संगीत सिक्थे दिउसो बुबाको कपडा पसलमा काम गर्थे र साँझ दरबार हाइ स्कुलमा अध्ययन गर्थे । 
राणाकालमा लुकेर रेडियो सुन्ने गर्थे बिषेश गरि भारतिय गीतहरु मात्रै सुन्न पाइन्थ्यो । प्रजातन्त्र ल्याउन संघर्ष सुरु भए पछि बिराटनगर बाट रेडियो नेपालको सुरुवात भयो त्यहा अनेक प्रकारका गीतहरु बज्ने गर्थे तर जव २००७ मा रेडियो नेपाल काठमाण्डौ बाट सुरु वात भयो त्यस पछि मात्र गीत रेकर्ड हुन थाले । बिशेष गरि आमा र  संगीतकर्मिहरु संगको निकटताले प्रधानलाइ रेडियो नेपाल छिर्ने बाटो सहज बन्यो , २००९ साल तिर रेडियो नेपाल पुग्दा उनले थाहा पाए कि भ्वाइस टेस्ट दिनु पर्थ्यो उनले पनि भ्वाइस टेस्ट दिए र उनि क बर्गमा पास भए । पास भए पछि लाइभ गीत गाउनु पर्थ्र्यो । त्यस बेला सम्म गीत रेकर्डको सिस्टम नेपालमा आएकै थिएन । बिस्तारै रेकर्ड मेसिनहरु आए , रेडियो नेपालमा उनले थुप्रै गीतहरु रेकर्ड गरे जुन गीत आज सम्म पनि उस्तै कर्णप्रिय छन् । 

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।
छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको हो , नेपाली सांगीतीक क्षेत्रले एक दरिलो खम्बा ढलेको छ । नेपाली सांगीतीक क्षेत्रले अभिभावक गुमाएको छ । तर जादा जादै उहाँले हामिलाइ सयौ गीत छोडेर जानु भयो , ति गीत युगौ युग सम्म निरन्तर गुन्जिरहने छन् 



यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू