Saturday, Apr 27, 2024  |  शनिबार, १५ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

हल त खुल्यो , देखाउने के ? दयनिय अवस्थामा सिनेमा क्षेत्र

बिहीवार, १७ भाद्र २०७८, धर्मराज भट्ट.
काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासनले करिब ५ महिनादेखिको निषेधाज्ञाको अन्त्य गरेको छ । यो संगै अब कोरोनाभाईरस संक्रमणका कारण यससअघि बन्द भएका सम्पूर्ण ब्यबसायहरु पनि पूर्ववत् रुपमा सञ्चालन गर्न पाईने भएको छ । कोरोनाभाईरस संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सचेतना बढाएर क्रियाकलाप सञ्चालन गर्न निषेधाज्ञाको शैली परिवर्तन गर्दै भदौ मसान्त सम्मका लागि अवधी थप गरिएर आदेश जारी गरिएको हो । तर भदौ समान्तसम्म अनावश्यक रुपमा हुने भिडभाड, सभा जुलुस जात्रा तथा महोत्सव लगायतका क्रियाकलापहरुमा भने बन्देज कायमै राखिएको छ । कोरोनाभाईरस संक्रमण नेपाल भित्रिएदेखि नै निषेधाज्ञाका कारण बन्द अबस्थामा रहेका फिल्म हलहरु पनि अब सञ्चालन गर्न पाईने भएको छ । एकातिर लामो समयदेखि फिल्म हलहरु बन्दा हुँदा घाटा ब्योहरी राख्नु परेको स्थितीमा हल खोल्नु आवश्यक भएपनि कोरोनाभाईरस को महामारी रोक्नका लागि आवश्यक मापदण्डहरु पालना गर्नु भने आवश्यक छ ।
यसअघि पनि खर्च धान्नै नसक्ने स्थितीमा पुगेर कोरोना महामारीका बीच जय नेपाल र गंगा हल सदाका लागि बन्द भए । कुमारी हल बन्द भयो । झापाका दमक चलचित्र मन्दिर, कृष्ण चलचित्र मन्दिर, बुधबारेको हल, मोरङका सुकुना चलचित्र मन्दिर, बेलबारीमा रहेको शारदा चलचित्र मन्दिर, धनुषाको लवकुश चलचित्र मन्दिर, जनकपुरको रामजानकी पिक्चर्स, चितवनको टाँडीस्थित नारायणी चित्र मन्दिर सदाका लागि बन्द हुने स्थितीमा पुगिसकेका थिए । निषेधाज्ञाका अवस्थामा देशभरका १ सय ९३ हल बन्द हुँदा लगभग ५० हजार कर्मचारी बेरोजगार हुनुपरेको तथ्यांक छ । कठमाडौं बाहिर नखुलेका कारण काठमाडौं उपत्यकामा मात्रै प्रशारण गर्नका लागि फिल्म पाउने स्थिती नरहेको चलचित्र संघका महासचिव अशोक शर्माले बताउनुभयो ।
यसैगरी छायांकनमा जान तयार, बीचमै रोकिएका र प्रदर्शनका लागि तयार ८० फिल्मको आँकडा निकाल्दा १ अर्ब ६० करोड रकम फ्रिज भएर बसेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो । कोभिडका कारण ५० देखि ६० फिल्महरु अलपत्र बनेको उहाँको भनाई छ । सिनेमाको प्रचारप्रसारका लागि सरकारलाई बजेटको २० प्रतिशत सुनिश्चित गर्न भनेपनि त्यो नभएको बताउँदै उहाँले आफुहरुले सिनेमा रिलिज गर्न चाहेपनि को निर्माताले कसरि सिनेमा रिलिज गर्ने भन्ने बिषयको प्रश्न भने कायम रहेको अधिकारीले बताउनुभयो । 
प्रशासनले पसल, रेष्टुरेन्ट तथा होटल ब्यबसाय सञ्चालन गर्दा अनुगमनको क्रममा स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएमा पसल तथा ब्यबसाय ततकाल बन्द गर्न सकिने निर्णय पनि गरेको छ । त्यसकारण अर्थतन्त्र चलायमान बनाउनका लागी सिनेमा क्षेत्रसहित अन्य ब्यबसायीक क्षेत्रहरु खुला गर्नु आवश्यक छ, तर दैनिकी सहज भइसकेपछि कोरोनाको संक्रमण नै हटिसकेको भावनामा बहकिँदै स्वास्थ्य मापदण्ड पालना नगरे फेरी अर्थतन्त्र चलायमान बनाउने यात्रामा धक्का नलाग्ला पनि भन्न सकिदैन ।।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू