Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘चुरीफुरी’को ओए ओए पियारी सार्वजनीक

बिहीवार, ११ कार्तिक २०७८, कलीउड अपडेट.
नेपाली कलाक्षेत्रमा लामो समय देखि निरन्तर सक्रिय निर्देशक ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र चुरीफूरीको एक गीत सार्वजनीक भएको छ । डान्सिङ बिटको यस गीतमा चलचित्रका अधिकांश कलाकारलाइ समेटिएको छ । यस गीतमा निर्देशक आचार्य र दीपक शर्माले मिलेर लेखेको गीतमा दीपक स्वयंले संगीत भरेका छन् ।

गीतको भिडियोमा चलचित्रका कलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, रविन्द्र झा, सुरवीर पण्डित लगायतले नृत्य गरेका छन् । अनमोल केसीको डुब्लिकेटको रुपमा चर्चित अभिषेकले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । पूजाको पनि यो पहिलो चलचित्र हो ।

राहुले राइको छायांकन रहेको चलचित्रमा नविन निरौलाको सम्पादन छ । निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको चलचित्रमा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् । सोसल कमेडी जनरामा निर्माण भएको ‘चुरिफुरी’ को कथा, पटकथा र संवाद निर्देशक आचार्य स्वयंले तयार पारेका हुन् ।

चलचित्रमा रबिन्द्र झा,शिशिर भन्डारी ,राजिब जङ बस्नेत ,अभिषेक श्रेष्ठ ,पुजा पन्त,सोना बज्राचार्य ,दिपक आचार्य (काकु) ,सुबोध गौतम  ,पबन खतिवडा (म्याकुरी) ,सुरबिर पन्डित,राजेन्द्र खाती,सुनिता श्रेष्ठ ,लक्ष्मी ढकाल  ,सरिस्मा मगर,अस्मिता गौतम आदि कलाकारहरुले अभिनय गरेका छन। चलचित्र पुस ९ गते बाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू